News Griha :: न्यूजगृह
त्रिशूलीमा बेपत्ता तीन जनाको शव फेला, २ बस र ४८ यात्रुको अवस्था अझै अज्ञात
त्रिशूलीमा बेपत्ता तीन जनाको शव फेला, २ बस र ४८ यात्रुको अवस्था अझै अज्ञात नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिराले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीनजनाको शव भेटिएको छ।
गैँडाकोटमा भेटिएको एउटा शव सिमलतालबाट हराइरहेका यात्रुकै भएको पुष्टि
गैँडाकोटमा भेटिएको एउटा शव सिमलतालबाट हराइरहेका यात्रुकै भएको पुष्टि नवलपरासी गैँडाकोट नारायणी नदी किनारमा शनिबार दिउँसो भेटिएका दुईमध्ये एक शव शुक्रबार बिहान चितवन सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा हराइरहेको बसका यात्रुकै भएको पुष्टि भएको छ।
प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थी पक्राउ
प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थी पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले आज विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।
सेन्ट जेभियर्स कलेजको लापरबाही, सही सूचना नदिँदा प्रवेश परीक्षाबाट बञ्चित भए विद्यार्थी
सेन्ट जेभियर्स कलेजको लापरबाही, सही सूचना नदिँदा प्रवेश परीक्षाबाट बञ्चित भए विद्यार्थी दार्चुलाका विद्यार्थी रश्मि साउदले काठमाडौं आएर पनि परीक्षा दिन नपाउँदा दुःख लागेको बताइन्। कलेजका प्रिन्सिपल फादर डा अगुस्टिन थोमस एसजेसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले कलेजको फरकफरक सूचनाका कारण विद्यार्थीहरू प्रवेश परीक्षाबाट वञ्चित भएका हुन् भने दुःखद भएको र यसबारे कलेज जवाफदेहिता हुनुपर्ने...
गैँडाकोटमा पनि भेटियो दुई शव, सिमलतालबाट बससँगै त्रिशूलीमा खसेका यात्रु हुनसक्ने
गैँडाकोटमा पनि भेटियो दुई शव, सिमलतालबाट बससँगै त्रिशूलीमा खसेका यात्रु हुनसक्ने चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी जारी रहँदा आजै अपरान्ह पूर्वी नवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ। माछा मार्ने बोटेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त शव सिमलताल घटनापछि त्रिशूली नदीमा हराइरहेका यात्रुको हुनसक्ने अनुमान...
नारायणी नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको 
नारायणी नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको  नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए। शवको साथमा केही कागजात पनि भेटिएको छ। प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ।
दाङमा एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु
दाङमा एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु सर्पदंशका बिरामी अस्पताल पुगेपछि कुनै पनि बिरामीले ज्यान गुमाउनु पर्दैन भन्ने सरकारी नीति भए पनि जिल्लामा कतिपयले झारफुकमा लाग्दा ज्यान गुमाएका छन् भने कतिपयले सर्पको पहिचान गरी अस्पताल पुग्दा पनि मृत्युवरण गर्नुपरेको छ।
मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध
मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध प्रहरी र स्थानीयको सक्रियतामा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। वर्षा हुँदा बित्तिकै सडक माथिदेखि लेदोसहितको पहिरो खस्दा लोकमार्गको उक्त खण्ड अवरुद्ध हुँदै आएको उनले बताए।
सिमलताल पहिरोमा पुरिएका बसको खोजी जारी, नारायणी नदीमा एउटा शव भेटियो
सिमलताल पहिरोमा पुरिएका बसको खोजी जारी, नारायणी नदीमा एउटा शव भेटियो सिमलतालस्थित दुर्घटनास्थलबाट करिब ५० किलोमिटर पश्चिम नारायणी नदीमा एक जनाको शव फेला परेको हो। तर, ती व्यक्ति यात्रु हुन् वा होइनन् भन्ने खुल्न बाँकी रहेको छ। ती व्यक्तिको साथमा एटीएम कार्ड र भारतीय आधार कार्ड फेला परेको छ।
त्रिशूलीमा बेपत्ता बसको पर्दा भेटियो
त्रिशूलीमा बेपत्ता बसको पर्दा भेटियो बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ। हुक लगाएर खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रहरीले जनाएको छ।
भेटिएनन् त्रिशूलीमा बेपत्ता बस, आजका लागि उद्धार स्थगित
भेटिएनन् त्रिशूलीमा बेपत्ता बस, आजका लागि उद्धार स्थगित भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी आजका लागि स्थगित भएको छ। 
दक्षिणकालीस्थित थाई गुम्बाको पर्खाल भत्कियो, बालिकाको मृत्यु
दक्षिणकालीस्थित थाई गुम्बाको पर्खाल भत्कियो, बालिकाको मृत्यु काठमाडौंको दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर एक बालिकाको मृत्यु भएको छ। सो घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ। 
Weather Update