News Griha :: न्यूजगृह
देशभर मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना?
देशभर मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना? जसका कारण शुक्रबार बिहान मधेस, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका धेरै  स्थानहरूमा साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा   हल्का देखि मध्यम  वर्षा भइरहेको छ। यस्तै देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली  रहेको छ । 
त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी
त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी पहिरोले त्रिशूली नदीमा खसेका दुईवटा बसको खोजी कार्य जारी रहेको छ।प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशूली नदीमा खसेका थिए । त्रिशुलीमा खसेका बसमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बस रहेको प्रहरीले जनाएको...
नापी कार्यालय लगनखेलका सर्वेक्षक चार लाख घुससहित पक्राउ
नापी कार्यालय लगनखेलका सर्वेक्षक चार लाख घुससहित पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवसहित आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेललाई बिहीबार पक्राउ गरेको हो। उनीहरूलाई चार लाख रुपैयाँसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।
अवतरणका क्रममा बुद्धएअरको जहाज चिप्लियो, सबै यात्रु सकुशल
अवतरणका क्रममा बुद्धएअरको जहाज चिप्लियो, सबै यात्रु सकुशल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएअरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ।जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो। 
दोस्रोपटक खोलिँदै भारतको धौलीगङ्गा बाँध, सतर्कता अपनाउन आग्रह
दोस्रोपटक खोलिँदै भारतको धौलीगङ्गा बाँध, सतर्कता अपनाउन आग्रह भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध दोस्रोपटक खोलिने भएको छ। एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार यही असार २९ गते शनिबार बिहान ६ बजेदेखि ३० गतेसम्म परियोजनाको बाँध खोलिने जनाएको छ। 
अब सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नचाहिने 
अब सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नचाहिने  सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हटेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघि गरिएको निर्णय पुनरावलोकन गर्दै सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको हो। 
धार परिवर्तन गरी बस्तीमा पस्यो चौधर नदी 
धार परिवर्तन गरी बस्तीमा पस्यो चौधर नदी  कञ्चनपुरको चौधर नदी धार परिर्वतन गर्दै बस्तीमा पसेको छ। हालै आएको बाढीले चौधर नदीले धार परिवर्तन गर्दा बेल्लाडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही वडा प्रभावित बनेका छन्।
बस्ती पस्दैछ बलान नदीको बाढी
बस्ती पस्दैछ बलान नदीको बाढी सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बस्तीमा पस्ने गरेको छ। चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन्। वर्षातमा नदी आसपासका सिरहा र सप्तरीका कयौँ बस्ती डुबानमा पर्ने गरेका छन्। 
बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित
बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ। सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन्। विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्गलगायत एक सय १९ सडकखण्डमा एकतर्फी रुपमा यातायत सेवा...
नारायणी नदीले सतर्कता तह पार गर्‍यो
नारायणी नदीले सतर्कता तह पार गर्‍यो नारायणी नदीले सतर्कता तह पार गरेको छ। नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ। 
धमाधम बचतकर्ताको रकम फिर्ता गर्दै लालुपाते बहुउद्देश्यीय सहकारी
धमाधम बचतकर्ताको रकम फिर्ता गर्दै लालुपाते बहुउद्देश्यीय सहकारी बचतकर्ताको रकम घोटला प्रकरणमा परेको जिल्लास्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको मुद्दा मिलापत्र भएको छ। सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्ताको रकम फिर्ता दिएपछि बचतकर्ता (जाहेरवाला) र सञ्चालक समिति ९प्रतिवादी०बीच बुधबार जिल्ला अदालत कार्यालयमा मिलापत्र भएको हो।
मोरङमा कुखुरा फर्मभित्र हत्या गरिएको अवस्थामा सञ्चालकको शव फेला, कामदार फरार
मोरङमा कुखुरा फर्मभित्र हत्या गरिएको अवस्थामा सञ्चालकको शव फेला, कामदार फरार मोरङमा एक व्यक्तिको हत्या भएको अवस्थामा कुखुरा फर्मभित्र शव फेला परेको छ। बिहीबार बिहान साढे १० बजेको समयमा सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव फेला परेको हो। उनले आफ्नो घर नजिकै त्यहाँ कुखुरा फर्म सञ्चालन गर्दै आएका थिए। प्रहरीका अनुसार उनको टाउको क्षतविक्षत अवस्थामा फेला परेको छ भने...
Weather Update