News Griha :: न्यूजगृह
भीषण वर्षा हुन थालेको भन्दै मौसम पूर्वानुमान महाशाखाले जारी गर्‍यो २४ घण्टे चेतावनी
भीषण वर्षा हुन थालेको भन्दै मौसम पूर्वानुमान महाशाखाले जारी गर्‍यो २४ घण्टे चेतावनी बिहीबार बिहान मधेस प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।साथै बागमती प्रदेशको चितवन जिल्ला र गण्डकी प्रदेशको नवलपुर र लमजुङ जिल्ला आसपास क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
अवरुद्ध पृथ्वीरामार्ग एकतर्फी खुल्यो
अवरुद्ध पृथ्वीरामार्ग एकतर्फी खुल्यो पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको भएको छ।इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो। 
यस वर्ष मधेसमा रासायनिक मलको अभाव नहुने
यस वर्ष मधेसमा रासायनिक मलको अभाव नहुने रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत आयात गरेर अनुदानबापत कम मूल्यमा किसानलाई मल उपलब्ध गराउँदै आइरहेका छन्। पछिल्लो समय कृषि सामग्री र साल्ट ट्रेडिङ रासायनिक मल खादलाई खेतीयोग्य जमिनको क्षेत्रफल, विगत आवको मलको खपतको अभिलेख र बाली सघनताको आधारमा स्थानीय तहअनुसारको कोटाअनुसार रासायनिक...
कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण  
कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण   बाढीले तहसनहस बनाएको मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ।गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा सडक, मोटरवेल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ सार्वजनिक भौतिक संरचना र व्यक्तिका ५०  घरमा क्षति पुगेको थियो। 
बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु बागलुङ नगरपालिका–७ तितौरेमा बुधबार राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो।
मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्।
पाल्पामा स्कुटर दुर्घटना हुँदा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते
पाल्पामा स्कुटर दुर्घटना हुँदा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते पाल्पामा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
यी पाँच प्रदेशमा आज अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
यी पाँच प्रदेशमा आज अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका एकदुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा  भइरहेको छ।
भारतमा सवारी दुर्घटना, ३ नेपालीको मृत्यु
भारतमा सवारी दुर्घटना, ३ नेपालीको मृत्यु बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा भएको सडक दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ।
आगामी तीन दिनको मौसमः यी जिल्लामा हुँदैछ अति भारी वर्षा
आगामी तीन दिनको मौसमः यी जिल्लामा हुँदैछ अति भारी वर्षा आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी र अतिभारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै सो कुरा जानकारी गराएको हो। महाशाखाका अनुसार आज रातिबाट असार २९ गते शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान...
बिरिङ नदीको पुल भासिएपछि आवागमन बन्द
बिरिङ नदीको पुल भासिएपछि आवागमन बन्द अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ नदीको पक्की पुल भासिएपछि आवागमन बन्द गरिएको छ। उक्त पुल पार गरी पश्चिमी इलाम जाने यातायातका साधनलाई नगरपालिकाले रुट परिवर्तन गरिदिएको छ।
जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ परीक्षण उडान
जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ परीक्षण उडान यहाँको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ। 
Weather Update