बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ— वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ।
बागलुङ नगरपालिका–७ तितौरेमा बुधबार राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो।
शर्मा घरमा एक्लै बस्ने गरेको बागलुङ नगरपालिका–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए।
बिहीबार बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए।
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१ ०८:३२













