आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालनबुधबार, असार २६, २०८१

सनवोरा नदीको झोलुङ्गे पुल बाढीको उच्च जोखिम बुधबार, असार २६, २०८१ तीन दिनदेखिको अविरल वर्षापछि सनवोरा नदीमा आएको बाढीले शुक्लाफाँटा नगरपालिका–३ र २ जोडने झोलुङ्गे पुल जोखिममा पारेको छ। वडा नं ३ तर्फको पिल्लर नजिकै तीव्र कटान गर्न थालेपछि उक्त पुल नदीको उच्च जोखिममा परेको हो।

शिक्षामन्त्रीको स्पष्टीकरण: मसँग नेपाल बाहेक कुनै देशको पीआर र नागरिकता छैन बुधबार, असार २६, २०८१ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पोल्याण्डको नागरिकता लिएको भन्ने विषयमा स्पष्टीकरण दिएकी छिन्। पोल्याण्डका नागरिकसँग विवाह गरेकी श्रेष्ठले पनि त्यहीँको नागरिकता लिएको भन्ने समाचारहरु बाहिरिएको थियो। त्यसलाई बेवास्ता गरेकी शिक्षामन्त्री श्रेष्ठले पोल्याण्डको नागरिकता लिएको भन्दै परेको उजुरीको आधारमा राष्ट्रिय सतर्कता केन्द्रले उनलाई पत्र काटेको छ।

सहकारी पीडितसँग छानबिन समितिले गर्यो छलफल बुधबार, असार २६, २०८१ सहकारी संस्थामा भएको रकम अपचलनका विषयमा छानबिनका लागि गठित संसदीय विशेष समितिले सहकारी पीडितहरुसँग छलफल गरेको छ। मंगलबार बसेको बैठकले सहकारी समस्याको समाधान खोज्न सहकारीका पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको थियो। सोही अनुसार अहिले सिंहदरबारमा सहकारी पीडितहरुका प्रतिनिधिहरुसँग छलफल जारी रहेको छ। जारी छलफलमा पीडितहरुसँग समस्या र समाधानका विषयमा छलफल...

बलान नदीको तटबन्धमा कटान सुरु, ७ सय परिवार जोखिममा बुधबार, असार २६, २०८१ निरन्तरको वर्षापछि सप्तरीको बलान नदीमा पानीको सतह बढेको छ। अत्यधिक बहावका कारण बलान नदीको तटबन्धमा कटान सुरु भएको छ।बलान—बिहुल गाउँपालिका—४ बेल्हीमा बलान नदीको पूर्वी तटबन्धमा कटान लागेको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए।

३१ दिनमा बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते बुधबार, असार २६, २०८१ अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ।

अविरल वर्षा हुँदा भोजपुरमा मध्यपहाडी लोकमार्ग भासियो बुधबार, असार २६, २०८१ अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ। भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो।

पहिरो खसेपछि ४ दिनदेखि अवरुद्ध बुद्धसिंह मार्गमा गाडी चल्न थाले बुधबार, असार २६, २०८१ पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरो हटाएपछि गाडी चल्न थालेका छन्। तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरो हटाउन सोमबार साँझदेखि काम सुरु गरिएको थियो।

अरनिको राजमार्ग पुनः अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह बुधबार, असार २६, २०८१ स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौंमा गुडिरहेको सार्वजनिक बसको इन्जिन पड्कँदा एकजना घाइते बुधबार, असार २६, २०८१ प्रहरीका अनुसार बुधबार बिहान बौद्ध पीपलबोट सडकखण्डमा प्र–३–०१–००५ख ९८६६ नम्बरको बस गुडिरहेको अवस्थामा एक्कासि इन्जिन पड्किएको थियो। घाइते लामाको अर्थपेटिक अस्पताल नारायणटारमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

कैलालीमा अचेत भेटिएका २ पुरुषको मृत्यु बुधबार, असार २६, २०८१ मङ्गलबार लम्कीचुहा नगरपालिकाका छुट्टा छुट्टै ठाउँमा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। मृतकमध्ये एक जनाको मात्रै सनाखत भएको छ। सनाखत हुनेमा लम्कीचुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विक छन्। अर्का मृतकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ।

नौबिसे—मलेखु सडक आजदेखि रातिमा बन्द गरिने बुधबार, असार २६, २०८१ नौबिसे नागढुङ्गा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचालेर पुलमा राख्न लागिएको र त्यस बेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर काम गर्न लागिएको उनले जानकारी दिए। गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ। दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच...
-1720584157.jpg)
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु बुधबार, असार २६, २०८१ रुन्टीगढी गाउँपालिका स्यालास्थित सावडाँडादेखि डुब्रिङ हुँदै होलेरी जोड्ने भित्री सडक खण्डमा गएराति रा १ ख २१३९ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका – ६ निगालपानीका ३२ बर्षीय महेश थापाको मृत्यु भएको हो।









