News Griha :: न्यूजगृह
विभिन्न माग राखेर कृषि मन्त्रालयका कर्मचारीहरु १० दिनदेखि धर्नामा 
विभिन्न माग राखेर कृषि मन्त्रालयका कर्मचारीहरु १० दिनदेखि धर्नामा  कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका तीन सय ७८ कर्मचारीले दश दिनदेखि मन्त्रालय परिसरमा धर्ना दिइरहेका छन्। कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार संघमा समायोजन भएका एक हजार तीन सय ३९ कर्मचारीमध्ये तीन सय ७८ कृषि प्राविधिकको कार्यालय र पद अहिले नभएको भन्दै कर्मचारी १० दिनदेखि धर्नामा बसेका हुन्। 
नारायणी नदी किनारमा ३ जनाको शव फेला
नारायणी नदी किनारमा ३ जनाको शव फेला नारायणी नदी किनारमा ३ जनाको शव फेला परेको छ। पूर्व नवलपरासीस्थित गैँडाकोट नगरपालिका–१ मजुवा सामुदायिक वन नजिकै नदी किनारमा तीन जनाको शव फेला परेको हो। प्रहरीका अनुसार मंगलबार (आज) साढे बिहान १० बजेको समयमा त्यहाँ २ जना पुरुष र एक महिलाको शव फेला परेको हो।
बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो, १० करोड बढीको क्षति 
बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो, १० करोड बढीको क्षति  अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोडभन्दा बढीको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर  ७८ जनाको मृत्यु भएको हो। 
मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध
मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको र अझ धेरै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सुतिरहेका बेला एकै परिवारका ४ जनालाई पहिरोले बगायो
सुतिरहेका बेला एकै परिवारका ४ जनालाई पहिरोले बगायो जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्।
पहिरोले कोशी राजमार्ग अवरुद्ध
पहिरोले कोशी राजमार्ग अवरुद्ध माटोको लेदोसहित खोलामा आएको बाढीले सडक पुरिएपछि मंगलबार बिहानदेखि कोशी राजमार्गमा सवारी आवतजावत बन्द भएको हो। सडक खुलाउने प्रयास भइरहे पनि निरन्तरको बाढीका कारण समस्या भएकाले अझ केही समय लाग्ने धनकुटाका प्रहरी प्रवक्ता राजबाबु महर्जनले बताए।
बाढीपीडितको त्रिपालमा बास
बाढीपीडितको त्रिपालमा बास कैलालीको भजनी नगरपालिकामा आएको बाढीपछि बिस्थापित स्थानीय हुलाकी सडक किनारामा त्रिपाल टाँगेर बसेका छन्। 
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरूद्ध
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरूद्ध सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका—१ दलालमा मङ्गलबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाढीपहिरोको कारण देखाउँदै तरकारीको मूल्य बढाइयो, गोलभेँडाको मूल्य १२०, प्याजको १०० रुपैयाँ नजिक
बाढीपहिरोको कारण देखाउँदै तरकारीको मूल्य बढाइयो, गोलभेँडाको मूल्य १२०, प्याजको १०० रुपैयाँ नजिक जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो १२० रुपैयाँ पुगेको छ। गोलभेँडा सानो लोकलको ५० रुपैयाँ कायम हुँदा प्याज सुकेको भारतीयको मूल्य १०० रुपैयाँ नजिक पुगेको छ। समितिका अनुसार प्याज सुकेको मूल्य ९५ रुपैयाँ पुगेको हो।
चितवनमा रोपार पाउनै मुस्किल
चितवनमा रोपार पाउनै मुस्किल भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारी अहिले रोपारको खोजीमा छन्। उनले स्थानीय रोपार नपाएपछि अन्यत्रबाट रोपार ल्याउने तयारीमा छन्। उनले भने, 'स्थानीय रोपार पाउनै कठिन भएको छ। यहाँ ज्येष्ठ नागरिकमात्रै हुनुहुन्छ।' युवा पुस्ता विदेश पलायन हुनु र यहाँ भएका श्रमिक पनि खासै काममा जाँगर नदेखाउनुले गर्दा समस्या भएको उनले बताए। 
रुपन्देहीमा बस दुर्घटना, ८ जना घाइते
रुपन्देहीमा बस दुर्घटना, ८ जना घाइते प्रहरी चौकी ड्राइभर टोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको हो।
बाँदर नियन्त्रण गर्न बागलुङमा ‘मङ्की पार्क’
बाँदर नियन्त्रण गर्न बागलुङमा ‘मङ्की पार्क’ बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्डयाएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन्।जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी ब्यहोर्नुपरेको गुनासो पोखिन्। उनले भनिन्, 'यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ।
Weather Update