News Griha :: न्यूजगृह
पहिरोमा परेर एक जनाको मृत्यु, दुई घाइते
फाइल तस्बिर

उदयपुर— गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन्। 

गम्भीर भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

तोरीबारीमा पहिरोले चार घर पुरेको छ भने अन्य पाँच घर उच्च जोखिममा छन्। 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १५:१३
Weather Update