News Griha :: न्यूजगृह
संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुगमनका लागि गठित संसदीय उपसमितिले आज विमानस्थल र रिठ्ठेपानी डाँडाको अध्ययन तथा अनुगमन गरेको छ।
१९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
१९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा भारी वर्षापछिको बाढीपहिरोलगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ। सोमबार साँझ ६ बजेसम्मको विवरणअनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ।
रौतहटमा दुई जनाको शव फेला, एक युवक बेपत्ता
रौतहटमा दुई जनाको शव फेला, एक युवक बेपत्ता रौतहटको छुट्टाछुट्टै स्थानमा सोमबार बागमती नदीले बगाएर ल्याएको अवस्थामा दुई जनाको शव फेला परेको छ। रौतहटमै बाढीमा परेर एक युवक भने बेपत्ता छन्।
आज राति यी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
आज राति यी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति कोशी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ।
विपद्‍का घटनामा ७४ जनाको मृत्यु, २ हजार २९६ परिवार विस्थापित
विपद्‍का घटनामा ७४ जनाको मृत्यु, २ हजार २९६ परिवार विस्थापित मनसुन सुरु भएयता सोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद्मा परी ७४ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन्। 
बाढीपहिरो वितण्डाः कुन–कुन राजमार्ग अवरुद्ध छ? [विवरणसहित]  
बाढीपहिरो वितण्डाः कुन–कुन राजमार्ग अवरुद्ध छ? [विवरणसहित]   केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ३३ सडकखण्डहरु प्रभावित भएको छ। नेपाल प्रहरीले बुलेटिन जारी गर्दै विभिन्न ३३ राजमार्ग तथा सडकखण्डमा अवरोध भएको जानकारी गराएको हो। जसअनुसार कणार्ली प्रदेशका कालीकोट, हुम्ला, दैलेख र सुर्खेत लगायतका जिल्लाहरुमा पर्ने ७ राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएको छ। 
अवरुद्ध बेनी–दरबाङ सडक खुल्यो
अवरुद्ध बेनी–दरबाङ सडक खुल्यो पहिरोको कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ। बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो।पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत पूर्ण...
समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न गभर्नर अधिकारीको पाँचबुँदे सुझाव
समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न गभर्नर अधिकारीको पाँचबुँदे सुझाव नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ।  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताएको बैठकपछि समितिका सभापति सूर्यबहादुर थापाले सञ्चारकर्मीलाई जानकारी दिए। 
अफलाइन राइडिङ दुर्घटना भएपछि फरार तीन जना पक्राउ 
अफलाइन राइडिङ दुर्घटना भएपछि फरार तीन जना पक्राउ  अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना भएपछि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गत असार १५ गते शनिबार काठमाडौंको जमलस्थित यल्लो प्यागोडा होटल अघि मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो। सो दुर्घटनापछि फरार रहेका तीन राइडरहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। 
बाढीमा परेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
बाढीमा परेर दुई किशोरीको मृत्यु, एक बेपत्ता कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन्। पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको आज दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। 
छानबिन समितिले ०७४ यताका सहकारी विभागका रजिष्टारलाई छलफलका लागि बोलायो 
छानबिन समितिले ०७४ यताका सहकारी विभागका रजिष्टारलाई छलफलका लागि बोलायो  सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय विशेष समितिले सहकारी ऐन जारी भएपछि बनेका सहकारी विभागका रजिस्टारहरुसँग छलफल गर्ने भएको छ।  आज बसेको संसदीय छानबिन समितिको बैठकले सहकारी ऐन २०७४ लागु भएपछिका सहकारी विभागका रजिष्टारहरुसँग छलफल गर्ने निर्णय भएको संयोजक सूर्यबहादुर थापाले जानकारी दिए। 
समयमै सकिएनन् खानेपानीका ठूला आयोजना
समयमै सकिएनन् खानेपानीका ठूला आयोजना काभ्रेपलाञ्चोकका पुराना तीन नगर धुलिखेल, बनेपा र पनौतीका लागि सञ्चालित काभ्रेपलाञ्चोक एकीकृत खानेपानी आयोजनाको समयसीमा सकिएको नौ वर्ष हुँदा पनि अझै काम सम्पन्न भएको छैन। 
Weather Update