News Griha :: न्यूजगृह
आज राति यी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं— हाल देशका विभिन्न स्थानमा वर्षा जारी छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति कोशी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ।

कोशी, मधेस र गण्डकी  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ।

मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज सोमबारदेखि वर्षाको मात्रा क्रमशः घट्ने सम्भावना छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  २०:५०
Weather Update