कालीगण्डकी करिडोर तीन दिनदेखि बन्दसोमबार, असार २४, २०८१
-1720426029.jpg)
घरभित्र बाढी पस्दा ७ महिने शिशुको मृत्यु, एकजना बेपत्ता सोमबार, असार २४, २०८१ कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो। राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

शोकमा डुब्यो तनहुँको काउरे गाउँ सोमबार, असार २४, २०८१ जिल्लाको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ। स्थानीय ४० वर्षीय हीरा नेपालीको घर पहिरोले पुरिँदा उनीसँगै छिमेकी ३७ वर्षीया अनिशा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको हो।

बाढीपहिरो कहरः हालसम्म ७० जनाको मृत्य, ८६ घाइते सोमबार, असार २४, २०८१ केही दिनअघिदेखि देशभर आएको अविरल वर्षापछिको बाढीपहिरो लगायत विपद्मापरी हालसम्म ७० जनाको ज्यान गएको छ।केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए।

सहकारी ठगी प्रकरणः छानबिन समितिले गर्यो गभर्नर अधिकारीसँग छलफल सोमबार, असार २४, २०८१ सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय विशेष समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको छ। सोमबार समितिले महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकका उच्च अधिकारीहरुसँग छलफल गरेको हो। छलफलका क्रममा समितिले सहकारीको समस्या र त्यसले अर्थतन्त्रमा पारेको असरका विषयमा छलफल भएको हो।

सप्तकोशीमा पानीको बहाव घट्यो सोमबार, असार २४, २०८१ सप्तकोशीमा पानीको बहाव घटेको छ। सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाव २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ।सप्तकोशी ब्यारेजमा आइतबार सर्वाधिक ३ लाख ९५ हजार क्युसेकसम्म पानीको बहाव पुगेको थियो।

बाढीमा बगेर कैलाली र कञ्चनपुरमा दुई जना बेपत्ता सोमबार, असार २४, २०८१ प्रदेश प्रहरी कार्यालय धनगढीले कैलालीको कैलारी गाउँपालिका–९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर आइतबार साँझ सोही ठाउँका १८ वर्षीय अजय राना बेपत्ता भएका छन्। नुहाउने क्रममा डुबेर बेपत्ता भएका रानाको प्रहरीले खोजी गरिरहेको छ।

कञ्चनपुरमा बाढीले कलभर्ट भत्कियो, पूर्व–पश्चिम राजमार्ग अवरूद्ध सोमबार, असार २४, २०८१ कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।बेदकोट नगरपालिका–७ सुडा चोक नजिकको कल्भर्ट बाढीले भत्काएपछि राजमार्ग अवरुद्ध भएको हो।कल्भर्ट भत्किएकाले अवरुद्ध सडक सुचारु गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए।

पहिरोले कान्ति लोकपथ अवरुद्ध सोमबार, असार २४, २०८१ ललितपुरको बागमती गाउँपालिका–३ स्थित कार्कीबासमा परिहो झरेपछि कान्ति लोकपथ अवरुद्ध भएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सर्यो सोमबार, असार २४, २०८१ यसअघि मीनभवनमा रहेको कार्यालय सोमबार टेकुस्थित पहिले जिल्ला प्रहरी परिसर काठमाडौं रहेको कार्यालयमा सरेको हो।

किसानलाई हल गोरु वितरण सोमबार, असार २४, २०८१ पशुपन्छी तथा कृषि विकासका लागि ५६ लाख २० हजार रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए। किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए। किसानलाई गोरु वितरणको लागि तीन लाख ६० हजार रुपैयाँ बजेटसमेत विनियोजन गरिएको उनको...

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते सोमबार, असार २४, २०८१ दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन्।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए।

बाढीले कैलालीको जनजीवन प्रभावित सोमबार, असार २४, २०८१ लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ। कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन्। पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ। स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका...


-1720428464.jpg)






