News Griha :: न्यूजगृह
सप्तकोशीमा पानीको बहाव घट्यो 

विराटनगर—  सप्तकोशीमा पानीको बहाव घटेको छ। सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाव २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ।

सप्तकोशी ब्यारेजमा आइतबार सर्वाधिक ३ लाख ९५ हजार क्युसेकसम्म पानीको बहाव पुगेको थियो।  

यसअघि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएकोमा पानीको बहाव घट्न थालेपछी अहिले ४२ ढोका खोलिएको छ।

सप्तकोशीमा पानीको बहाव केही घटे पनि कोशी आसपासका स्थानीयलाई सतर्कता अपनाउन अपिल गरिएको छ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:०४
Weather Update