बाढीपहिरो प्रभावित जनताको जिउधनको रक्षाका निम्ति जुट्न प्रधानमन्त्रीको निर्देशन आइतबार, असार २३, २०८१
-1720348970.jpg)
कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षका लागि गुरागाईँको नाम सिफारिस आइतबार, असार २३, २०८१ कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षका लागि नेपाल सरकारका पूर्व सचिव महेन्द्रप्रसाद गुरागाईँको नाम सिफारिसमा परेको छ। आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सिफारिस समितिले गुरागार्ईँको नाम अध्यक्षका लागि प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष सिफारिस गरेको हो।

मनसुनजन्य विपद् : एक महिनामा ६२ जनाको मृत्यु, ९० घाइते आइतबार, असार २३, २०८१ मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन्।गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो।
![बाढीपहिरो कहरः देशभरका ४४ सडकखण्ड अवरुद्ध [विवरणसहित]](https://newsgriha.com/uploads/posts/520X390/pahiro-madhyapahadi-1-1720273270.jpg)
बाढीपहिरो कहरः देशभरका ४४ सडकखण्ड अवरुद्ध [विवरणसहित] आइतबार, असार २३, २०८१ केही दिनदेखि देशभर परेको अविरल वर्षाका कारण देशभरका ४४ राजमार्ग तथा सडकखण्डमा अवरोध सिर्जना भएको छ।नेपाल प्रहरीले बाढीपहिरोसम्बन्धी बुलेटिन सार्वजनिक गर्र्दै सो कुरा जानकारी गराएको हो। जसअनुसार ललितपुरमा पर्ने कान्ति लोकपथ पूर्ण रुपमा क्षति भएको छ। त्यस्तै बाढीका कारण संखुवासभाका दक्षिण कोशी र कोशी राजमार्ग पूर्ण रुपमा क्षति भएको...

अविरल वर्षाले अवरुद्ध भयो कर्णाली राजमार्ग आइतबार, असार २३, २०८१ अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत कालीकोटको हुल्ममा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। सोही राजमार्गको कालीकोट तिलागुफा नगरपालिका–६ टिमुरे, गाल्जे र पिलिलगायतका ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ। साँझसम्म सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईँले...

जयपृथ्वी राजमार्ग अवरूद्ध, बाटोमै रोकिए सवारीसाधन आइतबार, असार २३, २०८१ वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ। शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध भएको हो।

बाढी, पहिरो र डुबानमा परेर देशभर १४ जनाको मृत्यु आइतबार, असार २३, २०८१ शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ। बाढी पहिरोलगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन्। १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

सिद्धार्थ राजमार्ग भासियो आइतबार, असार २३, २०८१ सडक भासिएपछि सवारिसाधन बीच बाटोमै थन्किएका छन्। वर्षा निरन्तर रूपमा भइरहेकाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन। ग्रामीण क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध छन्। विद्युत् अवरुद्ध हुँदा सेवाग्राही अन्धकारमा शनिबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा बुटवल पावर कम्पनीका ४० हजार सेवाग्राही मर्कामा परेका छन्।

बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध आइतबार, असार २३, २०८१ कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पको रुपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो।

विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन आइतबार, असार २३, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिएका छन्। आइतबार एक वक्तव्य जारी गर्दै उनले बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरे।

सप्तकोशीमा बाढीको बहाव उच्च, ५६ वटै ढोका खोलियो आइतबार, असार २३, २०८१ यो वर्षकै बहाव उच्च भएपछि कोशीका ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

सप्तरीको बलान नदीमा फसेका ६ किसानको उद्धार आइतबार, असार २३, २०८१ सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीस्थित खेतमा धान रोप्न गएका किसान बाढीमा फसेका थिए। दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण बलान नदीमा पानीको बहाव बढेको छ। सो क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।

राप्तीमा नदीमा बेपत्ता दुईजनाको शव फेला आइतबार, असार २३, २०८१ उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए। यस्तै दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका–७ हस्नापुर घाटबाट राप्ती नदीको बाढीमा बगेर बेपत्ता भएका राजपुर गाउँपालिका–२ बेलाका १७ वर्षीय राजकुमार यादवको शव फेला परेको छ।


-1720350728.jpg)






