News Griha :: न्यूजगृह
सप्तकोशीमा बाढीको बहाव उच्च, ५६ वटै ढोका खोलियो 

काठमाडौं— अविरल वर्षाका कारण पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजेको मापनपछि ५६ वटै ढोका खोलेको हो।

यो वर्षकै बहाव उच्च भएपछि कोशीका ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

उनका अनुसार आइतबार बिहान ९ बजेपछि ३ लाख ६८ हजार क्युसेक पानीको बहाव मापन भएको छ।

सप्तकोशी नदीको बाढीले खतराको सङ्केत पार गरेपछि स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ११:२७
Weather Update