महँगियो तरकारी, हेर्नुहोस् मूल्यसूचीआइतबार, असार २३, २०८१

आइतबार यी नदीमा छ बाढीको उच्च जोखिम आइतबार, असार २३, २०८१ देशभर मनसुन सक्रिय भएसँगै विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ। अविरल वर्षासँगै बाढी पहिरोका घटना बढिरहेका छन्। बाढी पूर्वानुमान महाशाखाले आइतबार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ।

पहिरोले प्रहरी चौकीमा क्षति आइतबार, असार २३, २०८१ मानवीय क्षति नभए पनि चारकोठे भवन पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले उक्त चौकी निर्माण गरेको हो। भवन भत्किएपछि त्यहाँ रहेका सुरक्षाकर्मीलाई अन्यत्र सार्ने तयारी भइरहेको छ।

बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगायाे, १७१ जनालाई सुरक्षित ठाउँमा सारियो आइतबार, असार २३, २०८१ नारायणी नदीमा आएको बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ। पुलका दुवैतर्फका पिल्लरहरु भत्काउँदा पुल बगेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। नारायणी नदीको दुई भंगालोको बीचमा रहेको नगरवनमा आन्तरिक पर्यटकहरू घुम्न जाने गर्दथे।

पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला आइतबार, असार २३, २०८१ नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन्।

पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुईजनाको खोजी गरिँदै आइतबार, असार २३, २०८१ तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ। अन्य दुईजनाको खोजी जारी छ। पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव गएराति भेटिएको हो। पहिरोमा परी बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी...

महाकालीमा पानीको बहाव बढ्यो, सवारिसाधन चलाउन बन्देज आइतबार, असार २३, २०८१ महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारिसाधन चलाउन रोक लगाइएको हो। साना सवारिसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए।

कालीगण्डकी करिडोर ठप्प आइतबार, असार २३, २०८१ जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ। वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने उनको भनाइ छ।

मेलम्चीको बाढीले बेलिब्रिज जोखिममा आइतबार, असार २३, २०८१ लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलिब्रिज बगाउने खतरा रहेको छ।

सेती नदीमा बाढी, बैतडीको सिगासका ६० घरपरिवार सुरक्षित स्थानमा आइतबार, असार २३, २०८१ सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछी बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० घरपरिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना आइतबार, असार २३, २०८१ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ।
-1720274617.jpg)
बाढीपहिरोमा परी ९ जनाको मृत्यु, ७ बेपत्ता आइतबार, असार २३, २०८१ काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भएको भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ।यो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।










