News Griha :: न्यूजगृह
सप्तकोशी नदीमा जलसतह बढ्दै, ४१ ढोका खोलिए

सुनसरी— सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ।

आइतबार बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार ८ सय क्युसेक पानी मापन गरिएको छ। 

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन्।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०७:०५
Weather Update