News Griha :: न्यूजगृह
हेटौँडामा २५ घर डुबानमा
हेटौँडामा २५ घर डुबानमा आज बिहानदेखि परेको अविरल वर्षाका कारण हेटौँडा उपमहानगरपालिका–५ का विभिन्न स्थानमा करिब २५ घर डुबानमा परेका छन्।
बाँकेको राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
बाँकेको राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो बाँकेको राप्ती नदीले खतराको तह पार गरेको छ। आज अपरान्ह ४:३० बजेको रेकर्डअनुसार पानीको सतह सात दशमलव ८२ मिटर पुगेको छ। लगातारको वर्षापछि राप्ती नदीमा बाढी आएको हो।
कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि सेतीबेनी र शालिग्राम शिला डुबानमा, पुजारी तथा पण्डित विस्थापित
कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि सेतीबेनी र शालिग्राम शिला डुबानमा, पुजारी तथा पण्डित विस्थापित केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठूलो शालिग्राम शिला र नजिकै रहेको सेतीबेनी बजार डुबानमा परेको छ। सेतीखोलामा आएको बाढीले सेतीबेनी बजारस्थित सिंहप्रसाद ह्याइजुको घर भत्किएको छ भने बजारमा बाढी पस्न थालेपछी जनजीवन प्रभावित भएको हो।
गुल्मीमा पहिरोमा पुरिएकी महिलाको सकुशल उद्धार
गुल्मीमा पहिरोमा पुरिएकी महिलाको सकुशल उद्धार घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र -३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए।
काभ्रेमा भ्याकुरे खोलाले बगाएर २ जनाको मृत्यु
काभ्रेमा भ्याकुरे खोलाले बगाएर २ जनाको मृत्यु मृत्यु हुनेमा रोशी—११ भीमखोरीकी ६५ वर्षीया जलमाया रुचाल मगर र ५ वर्षकी सेतीमाया रुचाल मगर छन्। उनीहरु फुपू भदैनी हुन्।
नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका ३९ ढोका खोलियो, सतर्क रहन सुरक्षा निकायको आग्रह
नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका ३९ ढोका खोलियो, सतर्क रहन सुरक्षा निकायको आग्रह आज साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख तीन हजार आठ सय ६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। अहिले ब्यारेजका ३९ ढोका खोलिएका छन्। 
नारायणी नदीले खतराको तह पार गर्‍यो
नारायणी नदीले खतराको तह पार गर्‍यो नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार शनिबार साँझ ७ः३३ बजे नदीमा पानीको सतह १० दशमलव ४० मिटर पुगेको छ।
नारायणीको बाढी बस्तीमा पस्यो, चार सयजनालाई सुरक्षित स्थानमा सारियो
नारायणीको बाढी बस्तीमा पस्यो, चार सयजनालाई सुरक्षित स्थानमा सारियो नारायणी नदीको बाढी बस्तीमा पसेको छ। अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ को बस्तीमा पसेको हो।
पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन
पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
बागमती नदीमा फसेका ३ जनाको सकुशल उद्धार, ५६ जनालाई सुरक्षित स्थानमा सारियो
बागमती नदीमा फसेका ३ जनाको सकुशल उद्धार, ५६ जनालाई सुरक्षित स्थानमा सारियो बागमती नदीमा फसेका ३ जनाको सकुशल उद्धार गरिएको छ। शनिबार अपरान्ह काठमाडौंको कीर्तिपुर नगरपालिका—१० ल्याबरेटोरी स्कुल नजिकै बागमती नदीमा फसेका ३ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्धार गरेको हो।
नारायणी नदीको जलसतह खतराको बिन्दुमाथि
नारायणी नदीको जलसतह खतराको बिन्दुमाथि एक लाख हाराहारीलाई सतर्क रहन सन्देश पठाइएको पोखरेलले जानकारी दिए । 'निरन्तर वर्षा भइरहेको छ। नदीको जलसतहले दिउँसै खतराको तह पार गरिसकेको छ। त्यसकारण नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गर्दछौँ,' पोखरेलले भने। 
बाढीका कारण विद्युत् उत्पादनमा समस्या
बाढीका कारण विद्युत् उत्पादनमा समस्या नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत्गृह बन्द भएका छन्। निजी क्षेत्रका आयोजनासमेत जोड्दा झण्डै छ सय ४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत्गृह बन्द भएका छन्। 
Weather Update