News Griha :: न्यूजगृह
काभ्रेमा भ्याकुरे खोलाले बगाएर २ जनाको मृत्यु

काठमाडौं— काभ्रेको रोशी गाउॅपालिका—११ मा भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रोशी—११ भीमखोरीकी ६५ वर्षीया जलमाया रुचाल मगर र ५ वर्षकी सेतीमाया रुचाल मगर छन्। उनीहरु फुपू भदैनी हुन्।

खोला तर्ने क्रममा बगेका उनीहरूको शव ९०० मिटर तल फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।

सोही खोलाको लेदोसहितको बाढीले बीपी राजमार्गमा राखिएको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार रोशी गाउँपालिकाको सहयोगमा सड्क खुलाउने प्रयास भइरहेको छ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २०:३२
Weather Update