News Griha :: न्यूजगृह
गुल्मीमा पहिरोमा पुरिएकी महिलाको सकुशल उद्धार
प्रतीकात्मक तस्बिर।

गुल्मी—  जिल्लाको रुरुक्षेत्र गाउँपालिका—३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई सकुशल उद्धार गरिएको छ। 

घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र -३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए।

उनले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताए।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २०:४५
Weather Update