News Griha :: न्यूजगृह
नारायणीको बाढी बस्तीमा पस्यो, चार सयजनालाई सुरक्षित स्थानमा सारियो

नवलपुर (नवलपरासी)— नारायणी नदीको बाढी बस्तीमा पसेको छ। अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ को बस्तीमा पसेको हो।

बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए। यहाँका करिब चार सयजना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताए। 

'यहाँ बर्सेनि बाढी पसेर क्षति पुर्याउने गरेको छ,' उनले भने, 'बाढीबाट प्रभावितहरू छिमेकीको घर तथा सामुदायिक भवनमा बस्नुभएको छ।'

बाढी प्रभावितलाई खानाका लागि सामूहिक व्यवस्थापनको तयारी भएको सापकोटाले बताए।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २०:०६
Weather Update