News Griha :: न्यूजगृह
धनुषामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु
धनुषामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु धनुषामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ। जिल्लाको धनौजी गाउँपालिका वडा नं ५ स्थित बअुहर्वा भन्ने स्थानमा रहेको सार्वजनिक पोखरीमा डुबेर ती बालिकाको मृत्यु भएको हो। आज मध्यान्न तीन बालिकाको पोखरीमा डुबेर ज्यान गएको गाउँपालिकाकी उपाध्यक्ष रामवती मण्डलले न्यूजगृहलाई जानकारी दिइन्। 
चितवनका एक लाख २८ हजार जना विपद्को जोखिममा
चितवनका एक लाख २८ हजार जना विपद्को जोखिममा जिल्लामा विपद्बाट २५ हजार पाँच सय ८८ परिवार प्रभावित हुने अनुमान गरिएको छ। यस वर्ष मनसुनजन्य विपद्बाट एक लाख २८ हजार पाँच सय ६५ जना प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समितिले अनुमान गरेको छ।समितिले तयार पारेको मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०८१ अनुसार जिल्लाका सात पालिकामा विभिन्न नदी र खोलाबाट...
छानबिन समितिले गृहसचिव र आईजीपीलाई छलफलका लागि बोलायो 
छानबिन समितिले गृहसचिव र आईजीपीलाई छलफलका लागि बोलायो  सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी प्रमुख (आईजीपी) लाई छलफलका लागि बोलाएको छ। आज बसेको संसदीय छानबिन समितिले थप जानकारी लिन गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको हो। 
निजामती कर्मचारीको वृत्ति विकासको प्रक्रिया प्रारम्भ
निजामती कर्मचारीको वृत्ति विकासको प्रक्रिया प्रारम्भ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा वृत्ति विकासका लागि प्रक्रिया प्रारम्भ गरेको बताएका छन्। 
खोटाङमा ८५ घर बाढी र ४३९ घर पहिरोको उच्च जोखिममा
खोटाङमा ८५ घर बाढी र ४३९ घर पहिरोको उच्च जोखिममा जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिरोको उच्च जोखिममा रहेका घर तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको छ। मनसुनजन्य प्रकोपबाट हुने जनधनको क्षतिबाट जिल्लावासीलाई जोगाउन जिल्ला प्रहरी कार्यालयले प्रहरी परिचालन गरेर बाढी र पहिरोको उच्च जोखिममा रहेका परिवार तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको हो। 
जङ्गली बिषालु च्याउ खाँदा एकै परिवारका सातजना बिरामी
जङ्गली बिषालु च्याउ खाँदा एकै परिवारका सातजना बिरामी जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन्।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने विभागका अनुसार आज अपरान्ह कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
मकै पकेट क्षेत्रमा अमेरिकन फौजी कीराको प्रकोप
मकै पकेट क्षेत्रमा अमेरिकन फौजी कीराको प्रकोप अमेरिकन फौजी कीराले मकै खेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन्। दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी कीराले मकै खेतीलाई असर पुर्‍याएको हो।  कीराले मकैको  बोट सखाप पारेको दोगडाकेदार–५ न्वालीका किसान मदनसिंह कार्कीले बताए। ‘कीराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ। कीराले खेतमा लगाइएको मकैबाली नष्ट...
हत्या घटनामा संलग्न तीन जना पर्साबाट पक्राउ
हत्या घटनामा संलग्न तीन जना पर्साबाट पक्राउ गत जेठ २९ गते नेपाल भारत सिमानाको दशगजाभन्दा ८० मिटर नेपालको सीमाभित्र उत्तर पूर्वतर्फ रहेको खाली जग्गामा दुर्गन्धित अवस्थामा बारा कलैया उपमहानगरपालिका वडा नं ६ बस्ने ६० वर्षीय रामएकवाल पण्डित कुम्हार र आदर्शकोतवाल गाउँपालिका वडा नं ७ घर भई कलैया बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको शव फेला परेको...
जङ्गली च्याउ खाँदा भीमफेदीमा एकै परिवारका ७ जना बिरामी
जङ्गली च्याउ खाँदा भीमफेदीमा एकै परिवारका ७ जना बिरामी जङ्गली च्याउको तरकारी पकाएर खाँदा मकवानपुरमा एकै परिवारका ७ जना बिरामी परेका छन्। बिरामीमध्ये एक जनाको अवस्था गम्भीर छ। बुधबार साँझको खानामा जङ्गली च्याउको तरकारी पकाएर खाँदा भीमफेदी गाउँपालिका—६ उर्लाघारीका ६५ वर्षीया मंगलीमाया स्याङ्तानको परिवारका सात जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका प्रहरी निरीक्षक पुर्पक्षका लागि थुनामा
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका प्रहरी निरीक्षक पुर्पक्षका लागि थुनामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक बिदुर शिवाकोटीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। 
अख्तियारले बोलायो ललितपुरका मेयर महर्जनलाई, यस्तो छ आरोप
अख्तियारले बोलायो ललितपुरका मेयर महर्जनलाई, यस्तो छ आरोप लितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ। बाढीपहिरो पीडितका नाममा आफूखुसी रकम बाँडेको आरोपमा उजुरी परेपछि अख्तियारले पत्र पठाउँदै मेयर महर्जनलाई सोधपुछका लागि आफ्नो कार्यालयमा आउन भनेको हो। अख्तियारमा परेको उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत...
Weather Update