News Griha :: न्यूजगृह
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका प्रहरी निरीक्षक पुर्पक्षका लागि थुनामा

काठमाडौं— १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक बिदुर शिवाकोटीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत शिवाकोटी स्वयम्भूमा बस्दै आएका थिए। 

बालिकाको उजुरीपछि प्रहरीले गत जेठ २३ गते उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। पीडित बालिकाले आफूलाई शिवाकोटीले विगत तीन वर्षदेखि पटकपटक जबरजस्ती करणी गर्दै आएको आरोप लगाएकी छन्। 

उनी ६ वर्षको उमेरदेखि शिवाकोटीको घरमा काम गर्न बसेको पाइएको छ। 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०९:२८
Weather Update