बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरक्षेत्र जलमग्नबिहीबार, असार २०, २०८१

पहिरो बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बिहीबार, असार २०, २०८१ सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घण्टैँसम्म जाममा पर्ने गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई जरिवाना बुधबार, असार १९, २०८१ काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’का उत्पादक कम्पनीलाई ८ लाख जरिवाना गराएको छ ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष पक्राउ बुधबार, असार १९, २०८१ बालाजुबाट बुधबार बिहान पक्राउ परेका उप्रेतीलाई प्रहरी वृत्त महाराजगञ्ज मा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

नौबिसे नागढुङ्गा सडक आज र भोलि राति बन्द हुने बुधबार, असार १९, २०८१ मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई पूर्ण रुपमा रोकिने छ । चालकलाई आफ्नो लेन अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न सूचना जारी गरिएको पनि उनले बताए । उक्त समयमा दुईपाङ्ग्रे तथा साना सवारिसाधन प्रयोगकर्ताले वैकल्पिक मार्गको रूपमा धार्के सीतापाइला सडक प्रयोग गर्न सक्नेछन् ।

अख्तियारका आयुक्तको घरको पर्खालमा महानगरको डोजर बुधबार, असार १९, २०८१ ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमणगरी बनाइएको व्यक्तिगत संरचना भत्काएको छ। मन्दिर र गुठीको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए।

झापामा विपद्जन्य घटनाबाट १५ जनाको मृत्यु, १३ करोडभन्दा बढी क्षति बुधबार, असार १९, २०८१ विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने १३ करोडभन्दा बढीको क्षति भएको छ।

असई थमन विकको हत्या आरोपमा पूर्व सांसद यादव पुर्पक्षका लागि जेल चलान बुधबार, असार १९, २०८१ जिल्ला अदालत महोत्तरीले हत्याको आरोपमा पक्राउ परेका मधेस प्रदेश सभाका पूर्व प्रदेशसभा सदस्य कौशलकुमार यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या आरोपमा पक्राउ यादव पक्राउ परेका थिए। मधेस आन्दोलनका क्रममा विसं २०७२ भदौ २५ गते विकको हत्या भएको थियो।

सहकारी संस्थाका सञ्चालकलाई दोहोरो पद छाड्न ३० दिने अल्टिमेटम बुधबार, असार १९, २०८१ सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ। विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो।

नागढुङ्गा–नौबिसे सडकखण्ड आज र भोलि राति बन्द हुने बुधबार, असार १९, २०८१ त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक आज र भोलि राति बन्द हुने भएको छ। नागढुङ्गा–नौबिसे सडकखण्ड अन्तर्गत नौबिसे खोला पुलको ‘ग्रिडर लञ्चिङ’ को काम हुने भएकाले बुधबार र बिहीबार राति बन्द गर्न लागिएको हो।
-1716452056.jpg)
मनाङको बाटो सधैँ जोखिमपूर्ण बुधबार, असार १९, २०८१ देशभर मनसुन सुरु भएको छ। मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ। निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ। सोमबारदेखि लगातार परेको वर्षाका कारण बाढीले काठेपुल बगाउँदा डुम्रे–बेँसिशहर–चामे सडक पूर्णरुपमा अवरुद्ध छ। मनसुन सुरु भएसँगै स्थानीयवासीमा त्रास बढेको छ।

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको पहिलो बैठकः के भयो छलफल? बुधबार, असार १९, २०८१ संक्रमणकालीन न्यायसम्बन्धी विषयमा सहमति खोज्न गठन गरिएको तीन सदस्यीय कार्यदलको पहिलो बैठक बुधबार बसेको छ।सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा छलफल गरेको हो।

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित, २ जनाको मृत्यु बुधबार, असार १९, २०८१ सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन्। बाढीपहिरोबाट २० गोठ भत्किएका छन्।









