News Griha :: न्यूजगृह
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष पक्राउ

काठमाडौं— राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।

बालाजुबाट बुधबार बिहान पक्राउ परेका उप्रेतीलाई प्रहरी वृत्त महाराजगञ्ज मा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष उप्रेती विरुद्ध बचत रकम हिनामिना जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो। 

नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेतीलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाइएको थियो। 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २०:३३
Weather Update