News Griha :: न्यूजगृह
संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको पहिलो बैठकः के भयो छलफल?  

काठमाडौं— संक्रमणकालीन न्यायसम्बन्धी विषयमा सहमति खोज्न गठन गरिएको तीन सदस्यीय कार्यदलको पहिलो बैठक बुधबार बसेको छ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा छलफल गरेको हो। 

बैठकमा सकारात्मक छलफल भएको माओवादी केन्द्रका तर्फबाट कार्यदलका सदस्य जनार्दन शर्माले बैठकपछि जानकारी दिए।  

उनले द्धन्द्धकालका पीडितहरुसँग सहमति लिने लगायतका कामहरु सुरु गर्ने तयारी गरिएको बताए। 

 ‘आज बसेको कार्यदलको बैठक सकारात्मक छलफल भएको छ। बैठकमा सुझाएका विषय छन्। पीडितसँग सहमति लिने सन्दर्भ पनि छ । कस्ता खालको मुद्दालाई कसरी परिभाषित गर्ने भन्ने छ। केही टुङ्ग्यायौँ केही बाँकी छ’, शर्माले भने। 

सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) सम्बन्धी काम टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलमा माओवादीका तर्फबाट शर्र्मासहित एमालेका प्रमुख सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सदस्य रहेका छन्। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १४:३४
Weather Update