धनुषामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

काठमाडौं— धनुषामा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ।
जिल्लाको धनौजी गाउँपालिका वडा नं ५ स्थित बअुहर्वा भन्ने स्थानमा रहेको सार्वजनिक पोखरीमा डुबेर ती बालिकाको मृत्यु भएको हो।
आज मध्यान्न तीन बालिकाको पोखरीमा डुबेर ज्यान गएको गाउँपालिकाकी उपाध्यक्ष रामवती मण्डलले न्यूजगृहलाई जानकारी दिइन्।
उनका अनुसार मृत्यु हुनेमा जिनत खातुन, अजमेरी खातुन र मुस्कान खातुन रहेका छन्।
तीन बालिकाहरु डुबिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। सो क्रममा उनीहरुको मृत्यु भइसकेको उनले बताइन्।
‘आज मध्यान्न १२ बजेतिर तीन जना बालिका पोखरीमा डुबेको अवस्था फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए,’ उनले भनिन्, ‘निकाल्दा उनीहरुको मृत्यु भइसकेको थियो।’
त्यस्तै अहिले उनीहरुको शव पोस्टमार्टमका लागि अञ्चल अस्पताल जनकपुर ल्याइएको छ।
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१ १६:५८













