नारायणी नदीले खतराको तह पार गर्यो

नवलपुर (नवलपरासी)— नारायणी नदीले खतराको तह पार गरेको छ।
नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार शनिबार साँझ ७ः३३ बजे नदीमा पानीको सतह १० दशमलव ४० मिटर पुगेको छ।
नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतरा मानिन्छ। नारायणी नदीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए।
बाढीबाट गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिकामा प्रभाव पार्ने गरेको छ।
विशेषगरी गैँडाकोट नगरपालिकाको वडा नं २, ६ तथा मध्यबिन्दु नगरपालिकाको वडा नं २, ३ मा बाढीबाट बढी प्रभावित हुने गरेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।
प्रकाशित मिति: शनिबार, असार २२, २०८१ २०:१२













