News Griha :: न्यूजगृह
 चितवनको राप्ती नगरपालिकाका मेयरले चलाएको गाडीमा आक्रमण
 चितवनको राप्ती नगरपालिकाका मेयरले चलाएको गाडीमा आक्रमण आइतबार राति सवा ९ बजे वडा नं २ स्थित बुद्धशान्ति माविको पछाडि लामा सवार बा २ झ ३६६६ नम्बरको गाडीमाथि आक्रमण भएको हो। आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ। लामा सकुशल छन्।
बेनीका ७ विद्यालयको कक्षा घटुवा
बेनीका ७ विद्यालयको कक्षा घटुवा तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् भने विषयगत शिक्षक नपाउनु अर्को समस्या भएको छ । 
वर्षाका कारण नारायणगढ–बुटवल सडक विस्तारको काम रोकियो
वर्षाका कारण नारायणगढ–बुटवल सडक विस्तारको काम रोकियो निरन्तर परेको वर्षाको कारण नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम ठप्प भएको छ। नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको छ।
मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै,  यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान
मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै,  यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरूपमा दक्षिणतर्फ सर्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ। 
दर्दनाक घटना: भारतमा एकै परिवारका ७ जनालाई एकसाथ बाढीले बगायो [भिडिओसहित]
दर्दनाक घटना: भारतमा एकै परिवारका ७ जनालाई एकसाथ बाढीले बगायो [भिडिओसहित] उनीहरूले पीडितहरूलाई उद्धार गर्ने प्रयास गरे। तर सकेनन्। त्यस क्रममा दुई जना मात्र पौडी खेलेर निस्किन सफल भए। बेपत्ता पाँचमध्ये त्यही दिन ३ जनाको शव भेटियो भने भोलिपल्ट थप एक जनाको शव भेटियो। योसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ भने अर्का एक जनाको खोजी जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका...
तनहुँका दुई पालिकामा विद्युत् सेवा अवरुद्व
तनहुँका दुई पालिकामा विद्युत् सेवा अवरुद्व विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले दिएको जानकारीअनुसार जिल्लाको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा विद्युत् सेवा अवरुद्ध भएको हो। 
ललितपुरको गेस्ट हाउसमा युवक मृत भेटिए 
ललितपुरको गेस्ट हाउसमा युवक मृत भेटिए  आइतबार बिहान साढे ११ बजे ललितपुर महानगरपालिका वडा नम्बर १७ स्थित ललितपुर गेस्ट हाउसमा एक युवक मृत भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। 
मुगुमा यार्सागुम्बा लगायत सामान लुट्ने समूहका तीन जना हातहतियारसहित पक्राउ
मुगुमा यार्सागुम्बा लगायत सामान लुट्ने समूहका तीन जना हातहतियारसहित पक्राउ गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ।जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिकाका–३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठाउँका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन्। 
१४ किलो चाँदीका गहनासहित तीन भारतीय नागरिक पक्राउ
१४ किलो चाँदीका गहनासहित तीन भारतीय नागरिक पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ।चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह तथा पर्साको लिपर्नीबिर्ता–६ का ३४ वर्षीय श्रवणप्रसाद कानुनलाई पक्राउ गरिएको सीआईबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले...
१४ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र
१४ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र अविरल वर्षाका १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेको छैन। बागलुङको गलकोट नगरपालिका–११ रिघा फेदीमा आइतबार करिब १ बजे पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा ठूलो सङ्ख्यामा यात्रु अलपत्र परेका छन्।सडक अवरुद्धहुँदा काठमाडौँदेखि बागलुङको बुर्तिवाङ, रुकुमपूर्व, जाजरकोट, रुकुमपश्चिमलगायतका स्थानमा जाने रात्रि बससहित दर्जनौँ सवारी साधान...
डडेल्धुरामा बाढीपहिरो वितण्डाः एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध
डडेल्धुरामा बाढीपहिरो वितण्डाः एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध डडेल्धुरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ। माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको हो।     जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार शनिबार बेलुका पहिरोबाट खसेको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको हो। 
भोलिबाट वर्षा कम हुने  
भोलिबाट वर्षा कम हुने   सोमबार (भोलि) बाट वर्षा कम हुँदै जाने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बुलेटिन जारी गर्दै भोलिदेखि क्रमिक रुपमा वर्षा कम हुने जानकारी गराएको हो।महाशाखाका अनुसार मनसुन न्यून चापिय रेखा भोलिबाट क्रमिक रुपमा दक्षिणतिर सर्दै जानेछ। 
Weather Update