News Griha :: न्यूजगृह
ललितपुरको गेस्ट हाउसमा युवक मृत भेटिए 

काठमाडौं— ललितपुरको गेस्ट हाउसमा एक युवक मृत भेटिएका छन्।

आइतबार बिहान साढे ११ बजे ललितपुर महानगरपालिका वडा नम्बर १७ स्थित ललितपुर गेस्ट हाउसमा एक युवक मृत भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

मृतक सोलुखुम्बुका २१ वर्षीय जीवन निरौला हुन्। आइतबार बिहान ११ बजेसम्म पनि ढोका नखोलेपछि गेस्ट हाउस सञ्चालकले झ्याल खोलेर हेरेका थिए। 

झ्यालबाट हेर्दा घोप्टो परेको अवस्थामा फेला परेको एसपी सुवेदीले बताए। 

उक्त खबरपछि प्रहरी वृत्त सातदोबाटोका प्रहरी टोली खटिएको थियो। घटनास्थलबाट प्रहरीले लागुऔषध फेला पारेको छ। उनी लागुऔषध सेवनकर्ता हुन सक्ने प्रहरीको अनुमान छ। 

थप अनुसन्धान र पोष्टमार्टमबाट खुल्ने एसपी सुवेदीले बताए।   

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २०:४०
Weather Update