News Griha :: न्यूजगृह
भोलिबाट वर्षा कम हुने  

काठमाडौं— सोमबार (भोलि) बाट वर्षा कम हुँदै जाने भएको छ। 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बुलेटिन जारी गर्दै भोलिदेखि क्रमिक रुपमा वर्षा कम हुने जानकारी गराएको हो।

महाशाखाका अनुसार मनसुन न्यून चापिय रेखा भोलिबाट क्रमिक रुपमा दक्षिणतिर सर्दै जानेछ। 

‘न्यून चापिय रेखा भोलि मिति २०८१–०३–२४ गतेदेखि क्रमिक रुपमा दक्षिणतिर सर्दै जाने भएकोले नेपालमा मनसुनको सक्रियातामा कमी आइ भोलिदेखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ। तथापि भोलि २०८१–०३–०२४ गतेदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ जारी बुलेटिनमा भनिएको छ। 

केहीदिनदेखिको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। 

वर्षाको कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १७:३९
समसामयिक
Weather Update