चितवनको राप्ती नगरपालिकाका मेयरले चलाएको गाडीमा आक्रमण

चितवन— राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण भएको छ।
आइतबार राति सवा ९ बजे वडा नं २ स्थित बुद्धशान्ति माविको पछाडि लामा सवार बा २ झ ३६६६ नम्बरको गाडीमाथि आक्रमण भएको हो। आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ। लामा सकुशल छन्।
लामा आफैँले कार्यालयको गाडी चलाएका थिए। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: सोमबार, असार २४, २०८१ ०८:४१













