कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षका लागि गुरागाईँको नाम सिफारिस
-1720348970.jpg)
काठमाडौं— कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षका लागि नेपाल सरकारका पूर्व सचिव महेन्द्रप्रसाद गुरागाईँको नाम सिफारिसमा परेको छ।
आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सिफारिस समितिले गुरागार्ईँको नाम अध्यक्षका लागि प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष सिफारिस गरेको हो।
मोरङ मंगलबारेका गुरागाईँसँग निजामती सेवामा लामो समय काम गरेको अनुभव रहेको छ। उनले २ वर्ष अघि मात्रै सेवाबाट अवकाश लिएका थिए।
यसअघिका उत्तम भट्टराई उमेरहदका कारण अनिवार्य अवकाशमा गएसँगै नयाँ अध्यक्ष छनोटको प्रक्रिया सुरु भएको हो।
सिफारिस समितिमा मुख्यमन्त्रीसहित सभामुख र विपक्षी दलका नेता रहने कानुनी व्यवस्था रहेको छ।
प्रकाशित मिति: आइतबार, असार २३, २०८१ १६:२७













