News Griha :: न्यूजगृह
बाढीपहिरो कहरः हालसम्म ७० जनाको मृत्य, ८६ घाइते
फाइल तस्बिर

काठमाडौं— केही दिनअघिदेखि देशभर आएको अविरल वर्षापछिको बाढीपहिरो लगायत विपद्मापरी हालसम्म ७० जनाको ज्यान गएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए। 

त्यस्तै उक्त अवधिमा बाढीपहिरोका ९ सय ६६ घटना घटेका छन्। त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ। भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ।

प्रहरीको तथ्यांक अनुसार यस अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरोमा परिचालन गरिएको र नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:४८
समसामयिक
Weather Update