News Griha :: न्यूजगृह
कञ्चनपुरमा बाढीले कलभर्ट भत्कियो, पूर्व–पश्चिम राजमार्ग अवरूद्ध
तस्बिरः शेरबहादुर सिंह/रासस

कञ्चनपुर— कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

बेदकोट नगरपालिका–७ सुडा चोक नजिकको कल्भर्ट बाढीले भत्काएपछि राजमार्ग अवरुद्ध भएको हो।

कल्भर्ट भत्किएकाले अवरुद्ध सडक सुचारु गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए।

आइतबारदेखि अत्यधिक वर्षाका कारण कञ्चनपुरका अधिकांश स्थानमा घरहरू डुबानमा परेका छन्।

pul-bhatyo-1720408981.jpg
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १०:५३
Weather Update