News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरणः छानबिन समितिले गर्‍यो गभर्नर अधिकारीसँग छलफल 
फाइल तस्बिर

काठमाडौं— सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय विशेष समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको छ। 

सोमबार समितिले महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकका उच्च अधिकारीहरुसँग छलफल गरेको हो। 

छलफलका क्रममा समितिले सहकारीको समस्या र त्यसले अर्थतन्त्रमा पारेको असरका विषयमा छलफल भएको हो। 

त्यसो त यसअघि नै विशेष समितिले गृहसचिव एकनारायण अर्याल, प्रहरी प्रमुख बसन्त कुँवरसँग छलफल गरेको थियो। 

सहकारी ठगी प्रकरणको वियषमा छानबिनका लागि गत जेठ १५ गते गठित समितिले राजनीतिक दलहरुसँग समेत राय माग गरेको थियो। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि विशेष समिति माग गर्दै संसद्मा अवरोध गरेपछि समिति बनाइएको थियो। एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित उक्त समितिलाई तीन महिनाको समय दिइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:२३
समसामयिक
Weather Update