News Griha :: न्यूजगृह
बाढीपहिरो वितण्डाः कुन–कुन राजमार्ग अवरुद्ध छ? [विवरणसहित]  

काठमाडौं— केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ३३ सडकखण्डहरु प्रभावित भएको छ। 

नेपाल प्रहरीले बुलेटिन जारी गर्दै विभिन्न ३३ राजमार्ग तथा सडकखण्डमा अवरोध भएको जानकारी गराएको हो। 

जसअनुसार कणार्ली प्रदेशका कालीकोट, हुम्ला, दैलेख र सुर्खेत लगायतका जिल्लाहरुमा पर्ने ७ राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएको छ। 

जसमा कर्णाली राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खाजाने बाटो, मदनभण्डारी राजमार्ग, कर्णाली राजमार्ग, कर्णाली करिडोर लगायतका सडकखण्डहरु पूर्ण रुपमा अवरोध भएको छ। 

त्यस्तै पहिरोका कारण कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरोध हुन पुगेको छ। 

यसैगरी केही दिनदेखि अवरुद्ध रहेको कान्ति लोकपथ अन्तर्गतको सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ। साथै संखुवासभा र सोलुखुम्बुमा पर्ने दक्षिण कोशी राजमार्ग, कोशी राजमार्ग र सल्लेरीबाट तामाखानी सडकखण्ड पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ।

 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १८:४९
Weather Update