News Griha :: न्यूजगृह
अफलाइन राइडिङ दुर्घटना भएपछि फरार तीन जना पक्राउ 

काठमाडौं— अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना भएपछि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

गत असार १५ गते शनिबार काठमाडौंको जमलस्थित यल्लो प्यागोडा होटल अघि मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो। सो दुर्घटनापछि फरार रहेका तीन राइडरहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेहरुमा जुम्ला चन्दनाथ नगरपालिका वडानम्बर ८ घर भएका तेज रावल, जुम्ला गुठीचौर ५ का पदम धिताल र जुम्ला गुठीचौर ४ का सुरेश अधिकारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार तीमध्ये तेज रावलले चलाएको मोटरसाइकल पछाडि बसेकी अनु गुरुङ खसेकी थिइन्। भने अर्का पदम धितालले चलाएको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो।

अनुसहित तीन जना साथीहरू गोंगबुबाट अफलाइन पठाओ बुक गरी हात्तीवन जान लागेका थिए। जमल पुग्दा तेजले चलाएको प्रदेश नम्बर ३–०२–००७ प ६६७९ नम्बरको पल्सरबाट अनु खसेकी थिइन्। 

उनीहरू तीनै जनामाथि ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको अधिकारीले बताए।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १६:४९
Weather Update