News Griha :: न्यूजगृह
छानबिन समितिले ०७४ यताका सहकारी विभागका रजिष्टारलाई छलफलका लागि बोलायो 
फाइल तस्बिर

काठमाडौं— सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय विशेष समितिले सहकारी ऐन जारी भएपछि बनेका सहकारी विभागका रजिस्टारहरुसँग छलफल गर्ने भएको छ।  

आज बसेको संसदीय छानबिन समितिको बैठकले सहकारी ऐन २०७४ लागु भएपछिका सहकारी विभागका रजिष्टारहरुसँग छलफल गर्ने निर्णय भएको संयोजक सूर्यबहादुर थापाले जानकारी दिए। 

‘सहकारी ऐन २०७४ जारी भइसकेपछि सहकारी विभागको रजिष्ट्रार रहनुभएका अधिकारीसँग हामी छलफल गर्छौं। खासगरी २०७४ सालपछि विभागका रजिष्ट्रार रहेका व्यक्तित्वलाई आमन्त्रित गरेका छौँ,’ उनले भने।  

त्यस्तै उनीहरुसँगको छलफलपछि सहकारी पीडितका प्रतिनिधिहरुसँग छलफल गर्ने तयारी रहेको उनले बताए।

‘रजिष्टारहरुसँग छलफल गरिसकेपछि अर्को दिन सहकारी पीडितका प्रतिनिधिको प्रतिनिधिमुलक छलफल गर्ने हामीले योजना बनाएका छौ,’ उनले भने। 

आज बसेको समितिको बैठकले नेपाल राष्ट्र बैंकका गभर्नरसहित बैंकर एसोसिएसनका अध्यक्ष, सहकारी सुझाव समितिका संयोजक डा. जयकान्त राउतसँग समेत छलफल गरेको थियो। 

सहकारी ठगी प्रकरणको छानबिनका लागि गत जेठ १५ गते संसदीय विशेष समिति बनाएयता समितिले विभिन्न व्यक्ति तथा संस्थासँग छलफल गरेको छ। यसअघि गृहसचिव एकनारायण अर्याल र प्रहरी प्रमुख बसन्त कुँवरसँग समेत समितिले छलफल गरेको थियो। 

समितिको अर्को बैठक मंगलबार (भोलि) बस्नेछ। 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:०६
Weather Update