News Griha :: न्यूजगृह
विभिन्न माग राखेर कृषि मन्त्रालयका कर्मचारीहरु १० दिनदेखि धर्नामा 

काठमाडौं— कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका तीन सय ७८ कर्मचारीले दश दिनदेखि मन्त्रालय परिसरमा धर्ना दिइरहेका छन्। 

कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार संघमा समायोजन भएका एक हजार तीन सय ३९ कर्मचारीमध्ये तीन सय ७८ कृषि प्राविधिकको कार्यालय र पद अहिले नभएको भन्दै कर्मचारी १० दिनदेखि धर्नामा बसेका हुन्। 

जसका कारण कर्मचारीको २० वर्षदेखि बढुवा पनि हुन नसकेको कृषि प्राविधिक कर्मचारीको आन्दोलन सङ्घर्ष समितिका सदस्य तोयनाथ जोशीले राससलाई जानकारी दिए। 

कृषि प्राविधिकमा बाली संरक्षण, बाली विकास, कृषि अर्थ, माटो, कृषि प्रसार, कृषि इन्जिनियरिङ, बागवानी, खाद्य समूहका कर्मचारी गरी तीन सय ७८ को कार्यालय र पद हराएर धर्नामा बस्नुपरेको उनले सुनाउनुभयो । तीन सय ७८ मध्ये ५० जना पशु विकासतर्फका कर्मचारी रहेका छन्। 

कृषि मन्त्रालयका कर्मचारीको बढुवाका लागि विसं २०७६ देखि लोकसेवा खुलेको छैन। 

मन्त्रालयमा उपसचिवको सङ्ख्यामा कमी आएको समितिका संयोजक माधव पौडेलले बताए। सामान्य प्रशासनतर्फका कर्मचारी थप गर्नुपर्दा रातारात थपिने तर भएका कृषि प्राविधिकलाई समस्यामा पार्न खोजिएको भन्दै समितिले धर्नालाई निरन्तरता दिएको हो।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १५:०४
Weather Update