रुपन्देहीमा बस दुर्घटना, ८ जना घाइते

काठमाडौं— रूपन्देही तिलोत्तमा आज बिहान बस दुर्घटनामा परेको छ। तिलोत्तमा २ शङ्कर नगरमा बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी ड्राइभर टोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको हो।
बसमा सवार ८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम रहेको छ। अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ। बसमा १६ जना सवार थिए।
प्रहरीले चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१ ०८:३८












