News Griha :: न्यूजगृह
बलान नदीको तटबन्धमा कटान सुरु, ७ सय परिवार जोखिममा

सप्तरी— निरन्तरको वर्षापछि सप्तरीको बलान नदीमा पानीको सतह बढेको छ। अत्यधिक बहावका कारण बलान नदीको तटबन्धमा कटान सुरु भएको छ।

बलान—बिहुलगाउँपालिका—४ बेल्हीमा बलान नदीको पूर्वी तटबन्धमा कटान लागेको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए।

उनका अनुसार अहिले २ सय मिटरसम्मको लम्बाइमा कटान भएको छ। 

अहिले कटान भइरहेको स्थानमा तटबन्ध भत्किए ७ सय परिवारको उठिवास हुने अध्यक्ष यादवले बताए।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १२:४६
Weather Update