News Griha :: न्यूजगृह
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा— रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

रुन्टीगढी गाउँपालिका स्यालास्थित सावडाँडादेखि डुब्रिङ हुँदै होलेरी जोड्ने भित्री सडक खण्डमा गएराति रा १ ख २१३९ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका – ६ निगालपानीका ३२ बर्षीय महेश थापाको मृत्यु भएको हो।

प्रहरीका अनुसार उकालो बाटोमा ट्रक मोड्न खोज्दा अचानक ब्याक हुन गइ ६५ मिटर तल खस्न पुगेको हो।

दुर्घटनामा ८ वर्षीय बालक सुजन रावत घाइते छन्। उनको टाउको र ढाडमा चोट रहेपनि अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पठाइएको छ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०८:५६
Weather Update