News Griha :: न्यूजगृह
सहकारी पीडितसँग छानबिन समितिले गर्‍यो छलफल

काठमाडौं— सहकारी संस्थामा भएको रकम अपचलनका विषयमा छानबिनका लागि गठित संसदीय विशेष समितिले सहकारी पीडितहरुसँग छलफल गरेको छ। 

मंगलबार बसेको बैठकले सहकारी समस्याको समाधान खोज्न सहकारीका पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको थियो। सोही अनुसार अहिले सिंहदरबारमा सहकारी पीडितहरुका प्रतिनिधिहरुसँग छलफल जारी रहेको छ। 

जारी छलफलमा पीडितहरुसँग समस्या र समाधानका विषयमा छलफल गरिएको हो। 

यसअघि छानबिन समितिले विभिन्न पक्षहरुसँग समेत छलफल गरेको थियो। गृहमन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर लगायतसँग छलफल गरेको थियो। 

त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद लगायत सहकारी विभागका रजिस्टार र पूर्व रजिस्टारहरुसँग समेत छलफल गरेको थियो। 

एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित समितिलाई ३ महिनाको समय दिइएको छ। गत जेठ १५ गते उक्त समिति गठन भएको हो।

नेपाली कांग्रेसले निरन्तर सहकारी ठगी प्रकरणको विषयमा विशेष संसदीय छानबिन समिति बनाएर छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने आवाज उठाएपछि समिति गठन गरेर अनुसन्धान थापिलएको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १३:०४
Weather Update