News Griha :: न्यूजगृह

काठमाडौंं— काठमाडौंमा गुडिरहेको बसको इन्जिन पड्कँदा बसमा सवार एकजना घाइते भएका छन्।

घाइते हुनेमा दोलखा घर भई हाल काठमाडौं माकलबारी बस्ने ५४ वर्षीय दावा लामा छन्।

प्रहरीका अनुसार बुधबार बिहान बौद्ध पीपलबोट सडकखण्डमा प्र–३–०१–००५ख ९८६६ नम्बरको बस गुडिरहेको अवस्थामा एक्कासि इन्जिन पड्किएको थियो। घाइते लामाको अर्थपेटिक अस्पताल नारायणटारमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०९:२७
Weather Update