
पाल्पा— पाल्पामा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
बुधबार बेलुका पाल्पाको तिनाउ–३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका—४, डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीकाृ मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै स्कुटरमा सवार विवेककी बहिनी १७ वर्षीया रश्मि गम्भीर घाइते छिन्। बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशातर्फ आइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ठक्कर खादा दुर्घटना भएको पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ।
घाइते रश्मिको भने उपचार जारी रहेको छ।













