News Griha :: न्यूजगृह
आगामी तीन दिनको मौसमः यी जिल्लामा हुँदैछ अति भारी वर्षा

काठमाडौं— आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी र अतिभारी वर्षाको सम्भावना देखिएको छ। 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै सो कुरा जानकारी गराएको हो। 

महाशाखाका अनुसार आज रातिबाट असार २९ गते शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्र्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भने भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। 

महाशाखाका अनुसार कोशीका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, ईलाम, धनकुटा लगायतका जिल्लामा भारी वर्षा हुने र त्यहाँ प्राकृतिक विपत्तिको बढी जोखिम रहेको महाशाखाले जनाएको छ। त्यस्तै मधेस प्रदेशका ८ वटै जिल्ला अति जोखिममा रहेको छ भने बागमती प्रदेशका १३ मध्ये मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा, धादिङ, सिन्धुली र रसुवा प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको महाशाखाको भनाइ रहेको छ।

यो समयमा बाढी पहिरो तथा प्राकृतिक विपत्तिको सम्भावना रहेको भन्दै महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ।  

पूर्ण जानकारी हेर्नुहोस्

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १९:५५
Weather Update