News Griha :: न्यूजगृह
भारतमा सवारी दुर्घटना, ३ नेपालीको मृत्यु

काठमाडौं— बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा भएको सडक दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ।

भारतीय प्रहरीले दिएको जानकारी अनुसार गत मङ्गलबार राति तीन जना नेपाली सवार मोटरसाइकल भारतीय नम्बरको ट्याक्टरमा ठोकिँदा रा ४ प ७६५ नम्बरको मोटरसाइकलमा आगलागी भएको थियो।

मोटरसाइकलमा आगलागी हुँदा बाँकेको राप्ती सोनारी गाउँपालिका—१ खासकुश्मा घर भएका गोवर्धन घर्तिको मृत्यु भएको र गम्भीर घाइते भएका खासकुश्माकै रामबहादुर सिंह र कल्पनाको उपचारका क्रममा श्रावस्ती जिल्ला अस्पताल भिन्गामा मृत्यु भएको राजपुर थानाका इन्चार्ज अजय सिंहले बताए।

भारतको बाटो भएर नेपालको भौवा नाकातर्फ जाँदै गरेको बेला घर्तिले चलाएको मोटरसाइकल ट्याक्टरमा ठोक्किएर आगलागी भएको थाना इन्चार्ज सिंहको भनाइ छ।

सो दुर्घटनाबारे भारतीय प्रहरीले जानकारी पठाउँदै मृतकका आफन्तलाई खबर गरिदिन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले बताए।

उनले राजपुरस्थित भारतीय प्रहरीले नेपाली प्रहरीलाई सो दुर्घटना बारे जानकारी गराएपछि मृतकका आफन्तलाई खबर गर्न लगाइएको बताए। 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०६:२१
Weather Update