News Griha :: न्यूजगृह
अवतरणका क्रममा बुद्धएअरको जहाज चिप्लियो, सबै यात्रु सकुशल

रूपन्देही— गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएअरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो। 

काठमाडाैंबाट गएराति ९:३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको उनले बताए।

प्रवक्ता भट्टले भने. 'जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको थियो।'

जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार थिए। जहाज अहिले पनि धावनमार्ग मै रहेको कारण विमानस्थल बन्द रहेको प्रहरी प्रवक्ता भट्टले जानकारी दिए।

गएराति नै बुद्धएअरको प्राविधिक टोली र सुरक्षाकर्मीले जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास असफल भएको थियो। अहिले काठमाडाैंबाट बुद्धएअरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रममा रहेको उनले बताए।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०९:०१
Weather Update