News Griha :: न्यूजगृह
देशभर मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना?

काठमाडौं— हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसका कारण शुक्रबार बिहान मधेस, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका धेरै  स्थानहरूमा साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा   हल्का देखि मध्यम  वर्षा भइरहेको छ। यस्तै देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली  रहेको छ । 

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

यस्तै कोशी, मधेस, बागमती र  गण्डकी  प्रदेशका केही  स्थानहरूमा, लुम्बिनी  प्रदेशको  थोरै  स्थानहरूमा साथै  सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेस, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एक दुई स्थानमा धेरै भारीदेखि अति भारी  वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । 

यस्तै  देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

यस्तै दिउँसो जस्तै राति पनि कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी, मधेस र  गण्डकी प्रदेशका  एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सचेत रहन अनुरोध गरेको छ।  

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०९:५३
Weather Update