News Griha :: न्यूजगृह
चितवन पहिरो अपडेट : त्रिशूलीमा बेपत्ता बस अझै भेटिएनन्, गोताखोर परिचालन 
नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिरो।

चितवन— पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन।

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज बिहान दुईवटा बस नदीमा खसेका थिए।

बसमा ६५ जना सवार रहेको बताइएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए।

त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ। अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन्।

Chitwan-trishuli-buss-khoji-narayanghat-muglin-hiway-pahiro-1720756326.jpg
पहिरोले बस त्रिशूलीमा बगाएपछि खोजीको तयारी

हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए। आज बिहान आज बिहान ३:३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौं र वीरगञ्जमा गाडी नम्बर र चलानीको बारेमा बुझ्ने काम भइरहेको छ।

यद्यपि वास्तविक विवरण प्राप्त नभइसकेको उनले जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १०:००
Weather Update