सिमलताल पहिरोमा पुरिएका बसको खोजी जारी, नारायणी नदीमा एउटा शव भेटियो

काठमाडौं— चितवनमा भएको बस दुर्घटनाको खोजी गर्ने क्रममा एक व्यक्तिको शव फेला परेको छ।
सिमलतालस्थित दुर्घटनास्थलबाट करिब ५० किलोमिटर पश्चिम नारायणी नदीमा एक जनाको शव फेला परेको हो। तर, ती व्यक्ति यात्रु हुन् वा होइनन् भन्ने खुल्न बाँकी रहेको छ। ती व्यक्तिको साथमा एटीएम कार्ड र भारतीय आधार कार्ड फेला परेको छ।
उनको साथबाट फेला परेको कार्डबाट ऋषिपाल साह भन्ने पहिचान खुलेका छ।
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए ।
दुर्घटनालगत्तै शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खोजी कार्यमा खटिएका थिए। आज पनि खोजीकार्य जारी राखिएको छ र अहिलेसम्म बस भेटिएको छैन ।
प्रकाशित मिति: शनिबार, असार २९, २०८१ १२:४०













